प्रकाशित मिति : २०२०-०२-०२

फार्मको छिमेकी ठूलोचौर खानेपानी उपभोक्ता समितिको सहयोगमा पिउने पानीको पाइपलाइन जोडिएको छ । साथै फार्म क्षेत्रभित्रकै मुहानबाट फार्मभन्दा करीव २०० मिटर तल बगीरहेको पानीलाई एकत्रित गरी पानी संकलन ट्यांकी बनाएर सो ट्यांकीमा हाइड्रोलिक पम्प लगाई पानी तानेर फार्म नजिक निर्मित ट्यांकीमा जम्मा गर्ने गरिएको छ । यसै ट्यांकीबाट कर्मचारीहरू र बाख्राहरूलाई पिउने पानीको व्यवस्था मिलाई सिंचाईमा समेत प्रयोग गर्ने गरिएको छ । गतवर्ष ५ वटा प्लाष्टिक पोखरी पनि निर्माण भएकोले फार्म नजिकका जमिनमा घाँस लगाएर सिंचाई गर्नसक्ने सुविधा पनि भएको छ । यति हुँदाहुँदै पनि उपभोक्ता समुहबाट आउने पानी र फार्मकै मुहानको पानी समेत सुक्खा समयमा मुहान सुक्दैजाने अवस्थाले गर्दा अझैपनि सुक्खा समयमा पानीको समस्या झेल्नु परिरहेको छ ।

Website Views: