चोकर र दानाको दरभाउ बोलपत्र आव्हान

प्रकाशित मिति: २०२०-०८-१७

बाख्रा विकास फार्म

चित्लाङ, मकवानपुर

सिलबन्दी दरभाउपत्र आह्‌वान सम्बन्धी सूचना

सूचना नं. Goods/१/०७७–०७८

(प्रथम पटक प्रकाशित मितिः २०७७/०४/३2)

आ.व.२०७७/०७८ मा फार्मलाई आवश्यक पर्ने तपसिलमा उल्लेखित चोकर र दानाहरु सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र, व्यवसाय दर्ताको इजाजत प्राप्त इच्छुक फर्म, संस्था वा कम्पनीहरुबाट देहाय बमोजिमको शर्तहरुको अधिनमा रही रितपूर्वकको सिलबन्दी दरभाउपत्र १५ दिन भित्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।

  1. दरभाउपत्र फाराम खरिद गर्न चालु आ.व. को लागि नवीकरण भएको फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र, व्यवसाय दर्ताको इजाजतपत्र, स्थायी लेखा दर्ता प्रमाणपत्र, मू.अ.कर दर्ता प्रमाणपत्र एवम् आ.व. २०७५/०७६ को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, दरभाउपत्रदाताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसूरमा आफूले सजाय नपाएको भनी लिखित रुपमा गरेको घोषणा पत्रहरु संलग्न राखी लिखित निवेदन सहित रु.१०००।–(फिर्ता नहुने गरी) राजस्व दस्तुर यसै बाख्रा विकास फार्ममा जम्मा गरेको सक्कल भौचर बुझाई प्रथमपटक सूचना प्रकाशित भएको मितिले १५ औं दिनसम्म कार्यालय समयभित्र यस फार्मको कार्यालय, चित्लाङ, मकवानपुरबाट खरिद गर्न सकिने छ।
  2. खरिद गरिएको दरभाउपत्र प्रथम पटक सूचना प्रकाशित भएको मितिले १६औं दिन दिनको १२.०० बजे भित्र यस फार्मको नाममा सम्बोधन गरी दरभाउपत्र फाराम पेश गर्नेको नाम, ठेगाना र फोन नं. उल्लेख गरि सही छाप गरी सिलबन्दी लगाई खामको बाहिर कामको विवरण, ठेक्का नं. समेत उल्लेख गरी चालु आ.व. को लागि नवीकरण भएको फर्म, संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र, व्यवसाय दर्ताको इजाजतपत्र, स्थायी लेखा दर्ता प्रमाणपत्र, मू.अ.कर दर्ता प्रमाणपत्र एवम् आ.व. २०७५/०७६ को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, बोलपत्रदाताले खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसूरमा आफूले सजाय नपाएको भनी लिखित रुपमा गरेको घोषणा पत्रहरु संलग्न राखी यस फार्मको प्रशासन शाखामा दर्ता गराइसक्नु पर्नेछ।सो सिलबन्दी दरभाउपत्र दर्ता गर्ने अन्तिम दिनको २.०० बजे दरभाउपत्रदाता वा निजहरुले अख्तियारनामा दिई पठाएका प्रतिनिधिहरु समेतको रोहबरमा खोलिने छ।सिलबन्दी दरभाउपत्रदाता वा निजका प्रतिनिधी उपस्थित नभए पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।
  3. सिलबन्दी दरभाउपत्र साथ जमानत वा तपसिलमा उल्लेख गरे बमोजिमको जमानत रकम कार्यालय कोड 3050132013 र प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौडाको नाममा राष्ट्रिय बाणिज्य बैंक हेटौडामा रहेको धरौटी खाता नं. 13000202030000 मा दाखिला गरेको सक्कलै बैंक भौचर वा यस फार्मको नाममा जारी गरिएको दरभाउपत्र दाखिला हुने अन्तिम दिनबाट गणना हुने गरी ७५ दिन अबधि -Validity_ रहेको "क" वर्गका बाणिज्य बैंकको सक्कल बैंक जमानीपत्र (Unconditional Bid bond) संलग्न गरी पेश गर्नुपर्ने छ ।
  4. म्याद नाघी आएको वा रीत नपुगेको वा कुनै पनि शर्त राखी पेश गरेको सिलबन्दी दरभाउपत्र उपर कुनै कारवाही हुने छैन।
  5. दरभाउपत्र सम्बन्धी सम्पूर्ण कुराहरु यसमा लेखिए बमोजिम र यसमा उल्लेख नभएको हकमा सार्बजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा नेपाल सरकारका अन्य प्रचलित ऐन, नियमहरु बमोजिम हुनेछ।
  6. दरभाउपत्र खरिद गर्ने तथा पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो कार्यहरु क्रमशः कार्यालय खुलेको अर्को दिन हुनेछ।
  7. दरभाउपत्रको BOQ मा उल्लेखित दाना दरभाउपत्र स्वीकृति पश्चात् फार्ममा आपूर्ति गर्दा Original दाना मात्र फार्ममा उपलब्ध गराउनु पर्ने छ।
  8. दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक वा पुर्ण रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस फार्ममा सुरक्षित रहने छ। दरभाउपत्र सम्बन्धी अन्य कुराहरु बुझ्नु परेमा यस फार्मको कार्यालय, चित्लाङ, मकवानपुरमा आई बुझ्न सकिने छ।

तपसिल

क्र.सं.

ठेक्का नं.

आपूर्ति गर्नुपर्ने कामको विवरण

जमानत रकम रु.

दरभाउ पत्र दस्तुर रु.

खरिद गर्ने अन्तिम मिति

दाखिला गर्ने अन्तिम मिति

Goods /१/२०७७/०७८

चोकर ४० के.जी. को ८०० बोरा

४5000/-

१०००/-

२०७७ भदौ १४ गते कार्यालय समय भित्र

२०७७ भदौ १५ गते  दिनको १२:०० बजे सम्म मात्र

20% प्रोटिनयुक्त दाना २५ के.जी. को ७७६ बोरा

 

 

 

 

डाउनलोड

Website Views: